SAMEER@something

Wednesday, July 22, 2009


block गरिएका साईट खोल्ने तरिका
कुनै बेला सरकारले वा स्कुल कलेजहरुले कुनै साईटहरुलाई block (नखुल्ने) बनाएका हुन्छन । यदि कुनै साईटलाई त्यहाको सर्भरबाट block गरियो भने हामीले block गरिएको साईट हेर्न सक्दैनौ । यस्तो बेलामा तपाईंहरुले proxy साईटहरुको सहारा लिएर ति साईटहरु भित्र छिर्न सक्नु हुन्छ । ईन्टरनेटमा यस्ता proxy साईटहरु थुप्रै पाईन्छन ।जस्तै :http://ninjacloak.com/http://hostph.com/http://www.Ultrareach.com/नत्र यो सानो trick पनि प्रयोग गरेर हेर्न सक्नु हुन्छ :कुनै कुनै बेला network Admin हरुले https:// लाई block गरेका हुँदैनन त्यसैले यदि (http://www.orkut.com/) block गरिएको छ भने तपाईंले यसरी यो साईट भित्र जान सक्नु हुन्छ (https://www.orkut.com/) यो tirck ले कुनै कुनै ठाउमा काम गर्छ ।तपाईंहरु पनि एक चोटि ट्राइ गरेर हेर्नुहोस् न त ...
Microsoft को Hidden song
के तपाईंले Microsoft को Hidden song सुन्नु भएको छ ? जुन तपाईंले Windows instal गरी रहनु भएको बेलामा सुन्न सक्नु हुन्छ र यो windows instal गर्दा लगभग अन्तिम तिर सुनिन्छ । तर धेरै जसोले यो music सुन्नु भएको छैन होला किन भने त्यती खेर हाम्रो कम्प्युटरमा Sound card को driver instal भई सकेको हुँदैन । के तपाईं पनि यो लुकेको गीत (Music) सुन्न चाहनु हुन्छ ?त्यसको लागिStart अनी Run मा क्लिक गर्नुहोस् र यो code त्यसमा पेस्ट गर्नुहोस् C:/windows/system32/oobe/images/title.wmaअब enter हान्नुहोस् , तपाईंको media player ले यो song play गर्नेछ ।सुन्नुहोस् र Enjoy गर्नुहोस् ।
CleanUp प्रोग्राम चलाऊने तरिका
तपाईंको कम्प्युटर ढिलो चलेको छ ? यदि तपाईंलाई त्यस्तो लागेको छ भने तपाईंको कम्प्युटरको HardDrive मा नचाहिने अथवा भनौ Useless फाइलहरुको थुप्रो लागेको हुन सक्छ र यसै कारणले पनि तपाईंको कम्प्युटर slow चलेको हुन सक्छ । तपाईंले कसरी यस्ता नचाहिने फाइलहरु पत्ता लगाउने र Delete गर्ने त ? कुनै यस्तै software को प्रयोग बिना यो एक किसिमले असम्भब नै छ । त्यसैले यहाँ यस्तै एउटा CleanUp भन्ने प्रोगाम बारे चर्चा गर्न लागेको छु । यो एउटा freeware प्रोग्राम हो र तपाईंले यो सफ्टवेर फ्री मा आफ्नो कम्प्युटरमा download गर्न सक्नु हुन्छ । यो एकदम powerful टूल्स भएको सफ्टवेर हो र तपाईंले यो सफ्टवेर चलाएर आफ्नो कम्प्युटरको त्यस्ता नचाहिने Useless फाइलहरु जस्तै : तपाईंको कम्प्युटरको browser's history, bookmarks, favorites, cookies लगायत तपाईंको privacy related locations मा भएको फाइलहरु सबै delete गरिदिन्छ । त्यसैले यो सफ्टवेरको प्रयोग गरेर तपाईंले आफ्नो कम्प्युटरको privacy पनि जोगाउन सक्नु हुन्छ ।यो सफ्टवेर डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला ( Download CleanUp! )www.windows cleanup
यो software आफ्नो कम्प्युटरमा download गरिसके पछि यो प्रोग्राम चलाऊनुहोस् ।अब सबभन्दा पहिला यसको Configure मिलाउँ ।चित्रमा देखिएको जस्तो रातो घेरा भित्र भएको option मा क्लिक गर्नुहोस् ।बाँया तिर भएको Bar लाई "Standard CleanUp!" सम्म लानुहोस् ।तपाईंको कम्प्युटरमा धेरै किसिममा cookies हरु स्टोर भई बसेका हुन्छ जसले तपाईंको password, Logins हरुका password हरु save गरेका हुन्छन । यदि तपाईं यो हटोस भन्ने चाहनु हुन्न भने "Delete Cookies" भन्ने option मा uncheck गर्नुहोस् । र okगर्नुहोस् ।अब तपाईंको कम्प्युटरमा यो प्रोग्राम चलाऊन ready भयो । यो प्रोग्राम चलाऊनु भन्दा अगाडि यदि तपाईंले कुनै brower खोली राख्नु भएको छ भने त्यसलाई बन्द गरी दिनुहोस् र Clean Up बटन मा क्लिक गर्नुहोस् ।प्रोग्रामले अब तपाईंको कम्प्युटरमा भएका Useless फाइलहरु Delete गर्न थाल्नेछ ।सकिए पछि close बटनमा क्लिक गर्नुहोस् ।त्यतिबेला एउटा popup message "CleanUp! is finished but it needs to logoff" display हुनेछ । Yes गर्नु भयो भने कम्प्युटर restart हुनेछ यदि पछि मात्र गर्न चाहनु हुन्छ भने No मा क्लिक गर्नुहोस् ।
विन्डोज XP सि.डि को product key कोड पत्ता लगाउने तरिका
तपाईं सँग विन्डोज XP सि.डि छ र आफ्नो कम्प्युटरमा इन्स्टल गर्न चाहनु भएको छ तर तपाईंलाई सि.डि को product key थाहा छैन भने एउटा सजिलो तरिका छ product key पत्ता लगाउने र यो product key ले १००% काम गर्छ । @ सबभन्दा पहिला XP को सि.डि लाई सि.डि रोममा हाल्नुहोस् र रोम लाई right क्लिक गरेर open मा क्लिक गर्नुहोस् । @ अब I386 भन्ने फोल्डरमा डबल क्लिक गर्नुहोस् । @ त्यस भित्र UNATTEND.TXT नामको फाइल खोज्नुहोस् र डबल क्लिक गरेर खोल्नुहोस् । @ त्यहा लेखिएका टेक्स्टहरु मध्य सबभन्दा Last मा हेर्नुहोस् । @ तपाईंले खोज्नु भएको Product key त्यहा लेखिएको पाउनु हुनेछ । र XP instel गर्दा product key माग्यो भने यही key रखिदिनुहोस् अबस्य काम गर्छ ।
0 COMMENT (आफ्नो कमेन्ट दिन यहाँ क्लिक गर्नु होला)
Labels: internetsansar
Windows XP मा Administrators को password Recover गर्ने तरिका :
यदि तपाईंले आफ्नो कम्प्युटरमा Administrator Password ले protect गर्नु भएको थियो तर उक्त password बिर्सिनु भयो अब कसरी तपाईं आफ्नो कम्प्युटर खोल्नु हुन्छ त ? सजिलो तरिका छ ।१ पहिला आफ्नो कम्प्युटरलाई safe mode मा reboot गर्नुहोस् त्यसको लागि कम्प्युटर re-start गर्नुहोस् र F8 कि प्रेस गर्नुहोस् ।२ अब (safe mode मा) Start > Run मा क्लिक गर्नुहोस् र त्यहा Control userpasswords2 टाईप गर्नुहोस् ।३ अब User Accounts भन्ने पेज खुल्नेछ र त्यहा तपाईंको कम्प्युटरमा भएको सबै Accounts हरु Administrator को समेट password reset गर्न सक्नुहुछ ।४ Administrators User Account मा क्लिक (हाईलाइट)गर्नुहोस् र Reset Password Tab मा क्लिक गर्नुहोस् ।५ त्यहा New Password राख्नुहोस् र तल Confirm New Password box मा पनि password राखेर Confirm गर्नुहोस् अनी ओ के गर्नुहोस् ।६ तपाईंको काम सकियो , तपाईंले अब आफ्नो Administrator account को password सफलता पूर्वक recover (Change)गर्नुभयो ।




0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]



<< Home