SAMEER@something

Monday, August 17, 2009

Nepali Poems


सुमि गौतम (बस्नेत)मात्रा, मेरो समीर को लागि

घामको न्यानो किरणले आस नौलो जगाउछ

हर मान्छेको दु:ख पिर त्यसैले हटाउछ

घामकै रातो किरणले यो मन मग्न हुन्छ

तिमीलाई सम्झेपछि झन यो मन मस्त हुन्छ


तिमी जहाँ भए पनि जती टाढा गए पनि

फेरी भेट्ने मात्र एउटा आस भए पुग्छ

मेरो तर्फ बाट तिमीलाई धोका हुने छैन

सुम्पी सके यो मन फिर्ता हुने छैन

घामको लालिमामा सुनौलो त्यो ज्योति

त्यसै भित्र जीवन एउटा अनुपम हुन्छ

विश्वाश गरी तिमीलाई राखे मन भित्र

जहाँ भए पनि एकदिन मिलन हाम्रो हुन्छ





म गए पछि
लाख भुल्न खोज तिमी सक्दैनौ तिमी म गए पछि

मेरो यादमा आशु बगाउने छौ म गए पछि

आज म छु तिम्रो चोट सहने मान्छे

भोली कस्लाई चोट पुर्याउने छौ म गए पछि

जुन तस्बिर च्याती हजार टुक्रा पार्यौ

त्यही तस्बिर सजाउने छौ म गए पछि

अहिले तिमी चुप छौ तर थाहा छ मलाई

मेरै गीत गुनगुनाउनेछौ म गए पछि

मलाई नै सम्झि रहन्छेउ म गयपछि

मेरै याद्द मा तड्पिरहन्छेउ म गय पछि



विवसता
तिम्रो सम्झना आई दिदा गीत बनाइ गाईरहे

आँखाबाट आशु बहदा पसिना भनी हासीरहे

दुईदिनको जिन्दगी भएपनी तिम्रै निम्ती बाचिरहे

अन्तमा;

तिमिसँग बिहे गरिसके पछि खुशि ले गद्-गद भै नै रहे

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]



<< Home