SAMEER@something

Wednesday, January 20, 2010

केहि Computer सम्बन्धी उपयोगी टिप्सहरु !!!!!!

केहि Computer सम्बन्धी उपयोगी टिप्सहरु !!!!!!

''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''

'USB पेनड्राईभको Access Enable र Disable गर्ने तरिका




प्राय कलेज र अफिसहरुमा भाईरस इन्फेक्सन हुने डरले Pendrive को प्रयोगमा प्रतिबन्ध लगाएका हुन्छन । Pendrive को कारणले सर्ने भाईरस त्यहाको कम्प्युटर सिस्टम Administrator को टाउको दु:खाइ हुन्छ त्यसैले कुनै कुनै Administrator हरुले कम्प्युटरको USB Ports लाईनै Disable गरी दिएका हुन्छन । यसरी USB को Access लाई नै बन्द गरीदिएपछि त्यसको कारणले कम्प्युटर infected हुने कुरा नै आएन ।

तपाईंले पनि एउटा सजिलो Registry trick को प्रयोग गरेर आफ्नो कम्प्युटर system को USB ports लाई disable र re-enable गर्न सक्नु हुन्छ । त्यसको लागि तल लिखिएका तरिका अनुसार गर्नु होला ।

* "यो तरिका कम्प्युटरको system Registry सम्बन्धी भएको हुनाले कम्प्युटर बारे साधारण जानकारीनहुनेहरुले आफ्नो कम्प्युटरको Registry सके सम्म नचलाऊनु नै बेश हुनेछ "

USB port लाई disable गर्न ( यो तरिकाले windows xp 2000 मा काम गर्छ )

१) Start मा क्लिक गर्नुहोस् र Run मा जानुहोस् ।
२) त्यहा regedit टाईप गरेर ओके गर्नुहोस् ।
३) अब तल लेखिएको location सम्म जानुहोस्

HKEY_LOCAL_MACHINE\SYSTEM\CurrentControlSet\Services\UsbStor

४) दाँयातिरको pane मा Start लेखिएकोमा डबल क्लिक गर्नुहोस् ।
५) Hexadecimal मा tick लागेको छैन भने tick लगाउनुहोस् र Value Data लाई 4 बनाइदिनुहोस् ।
६) ओके गर्नुहोस् र Registry Editor लाई बन्द गरिदिनुहोस् ।

यसरी तपाईंको कम्प्युटरमा अब USB port disable भयो, अब फेरी तपाईंलाई यसलाई खोल्नु (Enable) गर्नु पर्यो भने

१) Start मा क्लिक गर्नुहोस् र Run मा जानुहोस् ।
२) त्यहा regedit टाईप गरेर ओके गर्नुहोस् ।
३) अब तल लेखिएको location सम्म जानुहोस्

HKEY_LOCAL_MACHINE\SYSTEM\CurrentControlSet\Services\UsbStor

४) दाँयातिरको pane मा Start लेखिएकोमा डबल क्लिक गर्नुहोस् ।
५) Hexadecimal मा tick लागेको छैन भने tick लगाउनुहोस् र Value Data लाई 3 बनाइदिनुहोस् ।
६) ओके गर्नुहोस् र Registry Editor लाई बन्द गरिदिनुहोस्

'''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''

"Safely Remove USB" को Shortcut Create गर्ने तरिका

हामीले USB मा कुनै Hardware अर्थात PenDrive, CardReader वा त्यस्तै कुनै Hardware लाई Remove गर्दा Usually "Safely Remove Hardware" Icon मा क्लिक गरेर "Hardware Devices" लाई Stop गरेर "Safe to remove hardware" Dialog Box messege आएपछि मात्र उक्त Hardware Remove गर्छौ । हामीले यसको Shortcut key बनाएर यो कामलाई अझ सजिलो बनाउन सक्छौ त्यसको लागि तल दिईएको तरिका अनुसार गर्न सकिन्छ ।

१) Desktop मा राईट क्लिक गर्नुहोस् र New अनि Shortcut मा जानुहोस् ।


२) अब त्यहा तल लेखिएको code कपि गरेर पेस्ट गर्नुहोस् ।
RunDll32.exe shell32.dll,Control_RunDLL hotplug.dll


३) Next गर्नुहोस् र त्यहा कुनै नाम दिनुहोस् जस्तै : Safely Remove

४) उक्त shortcut लाई Right click गर्नुहोस् र properties मा जानुहोस् ।
५) त्यहा Shortcut key None लेखिएको ठाउमा क्लिक गर्नुहोस् र Ctrl कि + अरु कुनै letter वा F1, F2 कि प्रेस गर्नुहोस् , जस्तै : Ctrl + F2
६) Apply + ओके गर्नुहोस् ।


७) बस तपाईंको काम सकियो , अब USB Hardware Remove गर्दा तपाईंले बनाउनु भएको shortcut key को Use गर्नुहोस् र काम लाई छिटो बनाउनुहोस् ।

''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''

कुनै पनि अनावश्यक वेबसाईट block गर्नुहोस्

आजकल ईन्टरनेटको प्रयोग सामान्य जस्तै भईसकेको छ , पहिला पहिला ईन्टरनेट चलाऊनलाई साइबर धाउनु पर्थ्यो भने आजकाल हरेक घर घरमै यसको प्रयोग बढ्न थालेको छ । यसरी ईन्टरनेटको प्रयोग सजिलै बढ्नु सँगसगै केही समस्याहरु पनि देखिन थालेको छ र यो समस्या खासगरी बच्चाहरुमा लागु हुन्छ । ईन्टरनेटलाई राम्रो काममा प्रयोग गर्‍यो भने त ठीक छ तर यो नराम्रो काममा पनि प्रयोग हुन सक्छ । ईन्टरनेटमा यस्ता धेरै साईटहरु उपलब्ध छन जुन उनिहरुकोलागी उपयोगी नहुनसक्छ ।




मैले चर्चा गर्न लागेको बिषय के हो भने के हामीले यस्ता वेबसाईटहरु आफ्नो कम्प्युटरमा block गर्न सक्दैनौ त ? अबस्य पनि सक्छौ , यसरी आफुलाई नचाहिने अनावश्यक साईटहरु block गर्ने धेरै उपाय अनी software हरु उपलब्ध छन र अहिले मैले यस्तै एउटा software को बारे चर्चा गर्न लागेको छु । यो software को प्रयोग गरेर तपाईंले सजिलै यस्ता अनावश्यक साईटहरु block गर्न सक्नुहुन्छ । यसलाई तपाईंले password ले protection पनि गर्न सक्नुहुन्छ र यसले internet explorer, firefox र opera लगायत अरु पनि वेबब्राउजरहरुमा काम गर्छ । आफुले block गरेका साईटहरुलाई तपाईंले कुनै पनि बेलामा unblock गर्न सकिन्छ ।
.........................................Software डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला

यो software use गर्न एकदम सजिलो छ । यदि चलाऊन केही समस्या परे कमेन्टमा लेख्नुहोला ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]



<< Home