SAMEER@something

Saturday, September 19, 2009

{बिजया - दशमी २०६६}


{बिजया - दशमी २०६६}
हिन्दुहरुको महान चाड बडा दशैँ धुमधामसंग सबैको घर घरमा भित्रीएको छ। सबै तिर उत्साह उमंग तथा रमाइलो बातावरण फैलिएको छ। बजार हेर्ने हो भने ठूल्ठूला शपिङ् मल,डिपार्टमेन्ट स्टोर देखि लिएर फुटपाथको पसलमा समेत मानिसको भिड बढ्दो छ। नयाँ लुगा लाउने, तथा आफन्तकहाँ गएर रमाइलो गर्ने चाहना सबैको अनुहारमा स्वत देख्न सकिन्छ। कतै चंगा उडाउनेको रमाइलो त कतै जुवाको खेलको रमाइलो कतै घर सजाउने होड त कतै पिङमा मच्चिने जोड समग्रमा हेर्दा यसपालिको दशै पनि धुमधाम संग मनाइने तयारी भई रहेको देखिन्छ ।बडा दशैं-०६६ को पावन अवसरमा http://www.sasmirsumi.blogspot.com/ & http://www.samirokhsu.blogspot.com/ को तर्फ बाट समस्त पाठक बर्गका साथसाथै सम्पूर्ण नेपालीहरुको घर आँगनीमा श्री माता दुर्गा भवानीको बास होस्, अन्न बालीको ढुकुटीले घर भरी भराउ होस्, सुन चाँदीको रास होस्, ईष्टमित्रहरु सबैको तपाईंसंग सुझाब सल्लाह सहयोग र सद्भाबको आस होस्, शत्रु जती नाश होस्; भनी सबैलाई "शुभ विजया दशमी" भन्दै हार्दिक हार्दिक मंगलमय शुभकामना ।
“हिन्दुहरुको महान चाड बिजया दशमी २०६६ को पाबन अबसरमा तपाई लगायत तपाईको सम्पुर्ण परिवार प्रति सु- स्वास्थ्य दिर्गायु तथा उतरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु”
http://www.samirsumi.blogspot.com/ & http://www.samirokhsu.blogspot.com/ family

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]



<< Home