केहि रमाईला र उपयोगी टिप्सहरु !!!!!!
केहि रमाईला र उपयोगी टिप्सहरु !!!!!!
तपाईंको उमेर कति भयो ???
तपाईंको उमेर कति भयो ?? त्यो त तपाईंलाई थाहा नै छ होला तर तपाईं आफ्नो उमेर बर्षमा भन्न सक्नु हुन्छ तर कसैले तपाईंलाई तपाईं कति दिनको हुनु भयो वा कति घण्टाको वा कति मिनेटको वा अझै भनु कति सेकेण्डको हुनु भयो त ?? भनेर सोध्यो भने तपाईंलाई झट्टै भन्न गार्हो हुन्छ होइन र ? तर तपाईंलाई एकदम सजिलो उपाय दिएको छु बस तपाईं आफ्नो बर्ष,महिना र गते भर्नुस् अनि हेर्नुस् तपाईंको उमेर दिनमा, घण्टामा, सेकेण्डमा ... त्यसको लागि यहाँ click गर्नु होला
///////////////////////////////////////////////////////
आफ्नो वेब-ब्राउजरको पुण्य-तिथी ( एक्स्पाईरी डेट ) थाहा छ ?
..........................................................एउटा नयाँ शोधमा यो कुरा अगाडि आएको छ कि ईन्टरनेट प्रयोगकर्ताहरु मध्य ४० प्रतिशत आफ्नो ईन्टरनेट ब्राउजरलाई अप टु डेट राख्दैनन भन्नुको मतलब नयाँ update आईसक्दा पनि आफ्नो पुरानो ब्राउजरलाई त्यतिकै राख्दछन update गर्दैनन । जसको परिणाम स्वरुप अन-लाइन सुरक्षामा खतरा हुन्छ र उनिहरुको कम्प्युटरमा भाईरस आक्रमण र अरु सँक्रमणको शिकार भईरहन्छ ।
शोधकर्ताहरुमा गूगल र आई बि एम का बिशेशग्यहरु शामिल थिए र यो आकँडा विस्वसनिय होस् भन्नको लागि विश्वभरीका १०४८ बिलियन नेट प्रयोगकर्ताहरुको खाताको जानकारी राखिएको थियो जसमा IE7, फ़ायरफ़ाक्स, सफ़ारी, ओपेरा आदी सबै ब्राऊजरहरुको प्रयोग गर्नेहरु शामिल थिए ।
जसअनुसार पुरानो भर्सन प्रयोग गर्नेहरुमा विन्डोजमा चल्ने ईन्टरनेट-एक्स्प्लोरर प्रयोगकर्ताहरु सबै भन्दा बढी छन भने फ़ायरफ़ाक्सको प्रयोगकर्ता सबैभन्दा कम ।
त्यसैले तपाईंपनि आफ्नो कम्प्युटरको वेब ब्राउजरलाई अप टु डेट राख्ने गर्नुहोस् र सम्भाबित सन्क्रमण र आक्रमण बाट बच्नुहोस् , यदि तपाईंको ब्राउजरमा Auto अपडेट option छ भने त्यस्लाई चालु राख्नुहोस् अन्यथा आँफै यो कार्य गर्नुहोस् ।
त्यसो त अहिले यो आईडियामा बिचार बिमर्श जारी छ कि हरेक ब्राउजरमा एक्स्पाइरी डेट राख् ने जस्तोकि औषधी, दुध, पाउरोटीहरुको एक्स्पाइरी डेट हुने गर्छ जसले गर्दा प्रयोगकर्ताहरुमा ब्राउजरलाई नबिकरण गर्ने बारे याद गर्न मद्घत मिल्नेछ ।
पुरा शोधको जानकारी यहाँ क्लिक गरेर हेर्नसक्नु हुनेछ ।
////////////////////////////////////////////////////////////////////
तपाईंलाई रिस कत्तिको उठ्छ ??
रिसाउनु स्वास्थको लागि राम्रो त हैन तर पनि एक पटक रिसाउने practice गर्ने हो ?? यदि तपाईं रिसाउन चाहनु हुन्छ भने यो साईटमा जानु होला , तपाईंलाई रिस उठ्ने १०० प्रतिशत पक्का । तपाईंलाई यो साईटमा जानु नै भनेर कर चाँही म गर्दिन । यदि मैले दिएको link मा गई हाल्नु भयो भने मलाई गाली चाँही नगर्नु होला नि ल ।
मेरो कुरा नमानिकन यदि तपाईं रिसाउन नै चाहनु हुन्छ भने यहाँ Click गर्नु होला
/////////////////////////////////////////////////////////////////////////
Completely Uninstalling Windows Applications
जब तपाईंले कुनै आफुलाई नचाहिने Windows Applications Uninstall गर्नुहुन्छ, Uninstaller ले उक्त Application को सबै फाइलहरु वा install गर्दा त्यसले बनाएको registry entries हरुलाई completly Remove गर्दैन । त्यसको कारण Developer हरुले यो सोचाइ राखेका हुन्छन कि तपाईंले फेरी उक्त application Reinstall गर्नुहुँदा उक्त फाइलहरु चहिन सक्छन । आखिरमा result के हुन्छ त भने तपाईंको कम्प्युटरमा धेरै भन्दा धेरै registry contain को entries हरु र हार्ड drive मा unnecessary फाइलहरुको थुप्रोको कारण कम्प्युटर slow हुन थाल्दछ ।
यो समस्या समाधानको लागि Revo Uninstaller सफ्ट्वयर एकदम उपयोगी छ जसको मद्दतले कुनैपनि application लाई हार्ड drive बाट completely unistall गर्न सकिन्छ र यो windows मा उपलब्ध "Add or remove programs" भन्दा प्रयोग गर्न सजिलो पनि छ । तपाईंले यसमा Uninstall गर्न चाहनु भएको application सर्च गरेर पनि find गर्न सक्नु हुन्छ वा यसमा भएको Hunter Mode को प्रयोग गरेर सिधै हटाउन चाहनु भएको application लाई Drag Target गरेर uninstall गर्न सक्नु हुन्छ ।
...................................................( सफ्टवयर डाउनलोड गर्नको लागि यहाँ क्लिक गर्नुहोला )
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home