- घनश्याम बस्नेत(समीर)
- कम्प्युटर समस्या र समाधान अब फेरी केही कम्प्युटर सम्बन्धी कुरा गरौ । हाम्रो कम्प्युटरमा प्राय जसो आई पर्ने समस्याहरु बारे केही चर्चा र त्यो समस्याहरु समाधान गर्ने उपाय बारे केही लेखन गई रहेको छु , आशा छ तपाईंहरुलाई यो अबस्य पनि लाभदायक हुनेछ ।१. Hidden फाइल नदेखिनुकहिले काँही कुनै Virus वा द्वेषपूर्ण Script हरुको कारण तपाईंले Hidden Mode मा राख्नु भएको फाइल वा फोल्डर तपाईंले पछि " Show Hidden file and folder " ( Tools > Folder Options > View Menu > Hidden files and folders ) गर्दा पनि नदेखिन सक्छ । शायद तपाईंहरुले पनि यो समस्या भोग्नु भएको नै होला ।यो समस्या समाधान गर्न१ Start > Run र Regedit टाईप गरेर Enter गर्नुस् ।२ त्यसपछि यो location सम्म जानुस् HKEY_LOCAL_MACHINE\SOFTWARE\Microsoft\Windows\CurrentVersion\Explorer\Advanced\Folder\Hidden\SHOWALL३ CheckedValue कि मा Double क्लिक गर्नुस्४ र त्यहाँ Value Data लाई 1 राखिदिनुस् ।बस तपाईंको काम सकियो ।२. Drive लाई डबल क्लिक गर्दा New Window मा खोलिनुकहिले काहिँ तपाईंले कुनै Drive लाई Double क्लिक गरेर खोल्न खोज्दा उक्त Drive त्यही window मा नखुलेर Automatically अर्कै Window मा खोलिन्छ । हामीलाई थाहा छ यो अबस्य पनि राम्रो लक्षण होइन किन भने उक्त Drive normal mode मा same window मा खोलिनु पर्थ्यो । यदी तपाईंले File मेनु को Tools मा गएर Folder Option लाई change गर्नु भएको भए अर्कै कुरा ..किन Drive नयाँ window मा खोलिन्छ त ? यहाँ अबस्य पनि Virus अथवा अरु कुनै समस्या आएर नै होयसलाई समाधान गर्ने तरिका
- पहिलो उपाय :१ Start > Run > र यहाँ regsvr32 /i shell32.dll टाईप गर्नुस्२ ok गर्नुस् ।३ तपाईंले यो message पाउनु हुन्छDllRegisterServer and DllInstall in shell32.dll succeeded४ बस तपाईंको समस्या अब समाधान भयो
- दोस्रो उपाय :१ Start > Run > Regedit टाईप गर्नुस् र ओके गर्नुस् ।२ अब HKEY_CLASSES_ROOT/Directory/Shell मा जानुस्३ Default key लाई double क्लिक गर्नुस् र त्यहा none टाईप गर्नुस्४ अब HKEY_CLASSES_ROOT/Drive/Shell मा जानुस्५ Default key लाई double क्लिक गर्नुस् र त्यहा none टाईप गर्नुस्६ ok गर्नुस् ।
- तेस्रो उपाय :यदी तपाईं regedit option चलाऊन चाहनु हुन्न भने यो उपाय गर्न सक्नु हुन्छ ।१ Start > Run > र यो टाईप गर्नुस् reg add hkcr\drive\shell /ve /d none /f२ ok गर्नुस् ।आशा छ यि तीन उपाय तपाईंको लागि समाधान हुन सक्छ ।
Friday, July 24, 2009
What is the life ?
महापुरुषहरुका कथन :
1) मानिसले गर्न नसक्ने काम केही छैन तर गर्नलाई मानिसलाई साहसको आवश्यकता पर्छ । -कार्लाईल
2) जसले आफ्नो समय बरबाद गर्यो उसले यो बुझे हुन्छ कि उसको एउटा पनि इच्छा पुरा हुँदैन , उसको जीवन सदा दु:खमय बित्नेछ त्यसैले समयलाई चिन । - ब्रर्टेण्ड रसेल
3) इच्छा के हो ? तपाईंको कार्य क्षमताको पारीक्षा हो । - स्टेनबैक
4) मैले जे चाहे त्यो पाए तर त्यसको लागि मैले के के गर्नु पर्यो त्यो केवल मलाई मात्र थाहा छ , मेरो जीवन यसको प्रमाण हो - रुजवेल्ट
5) उठ, तँ के चाहन्छस ? म तलाई सबै दिन्छु तर पहिला आफुले आँफैलाई चिन । - अरस्तु
6) अरे मानिस , आफ्नो एक सेकेण्ड समय पनि खेर नफाल , साबधान तँ पछुताउनु पर्लास । केही गर्नुछ भने समयको सदुपयोग गर । - रिचर्ड जानसन
7) पागल हो उ जो आफुलाई भाग्यबादी हुँ भन्छ । - जर्ज वर्नार्ड शा
8) प्रसिद्दी प्रत्यक मानिसले प्राप्त गर्न सक्छ तर दुइ प्रकारको बाटो छन , एउटा बाटो राम्रो काम गरेर अर्को नराम्रो काम गरेर । राम्रो काम गरेर प्रसिद्दी धेरै तपस्या गरेर पनि ढिलो मात्र पाईन्छ भने नराम्रो काम गरेर रातारात । अब यो तपाईंको आफ्नो निर्णय हो कि प्रसिद्दी कसरी पाउने ? - सैमुअल वोन
9) दिनहिन जीवन कायरले मात्र जिउने गर्छ , के तपाईं कायर हो ? - माइकल फराडे
10) हामी आफ्नो भाग्यको बिधाता आफु स्व्यम हौ । - अरस्तु
.
11) तिमी आँफै आफ्नो जीवन बनाउन र बिगार्न सक्छौ , सोच र गर । - अल्वा एडिसन
12) मर्नु भन्दा अगाडि केही गरेर देखाउ । - अरस्तु
13) आफ्नो भलाई चाहन्छौ भने केही काम गर , अल्छिपना त्याग तिमीले सबै पाउने छौ । - टिंगसन
14) आफ्नो जीवनको यि शत्रुहरुलाई चिन १) अल्छिपना २) चिन्ता ३) अरुको भर ४) समयको दुरुपयोग यि ४ शत्रु माथि बिजय पाउने कोशीस गर , तिमीले जे चाहन्छौ त्यो पाउनेछौ । - सँत पितर
14) तिमीले आफ्नो खुट्टामा आँफै बन्चरो हान्छौ जब आफ्नो समय बरबाद गर्छौ र पछी तिमीलाई पश्चाताप हुन्छ । त्यसैले अहिले नै होसियार हुनु । - अरस्तु
15) जे भयो भई सक्यो त्यसलाई भुलीदिनु , काम गर अझै समय छ । - एड्गर एलन पो
16) के भाग्य ईश्वरको हातमा छ ? होइन यो त अल्छिहरुको नारा हो । नत्र सबै कर्म्यठ ब्यक्तीहरुको भाग्य सधैं उज्ज्वल किन हुन्छ ? - वर्डसवर्थ
17) मनको भावनाको दशाको नामनै सुख र दु:ख हो । - ईबने बतुता
18) दु:ख के सुख के सबै तिम्रै हातमा छ । - शेक्सपियर
19) स्वास्थ्य छ त सबै छ स्वास्थ्य छैन त केही छैन । - लाँगफेलो
20) स्वास्थ्य मानिसले नै जीवनमा प्रगती गर्न सक्छ । - डाक्टर हार्मोन
{ How To Copy Text from Restricted Websit } : घनश्याम बस्नेत (समीर)
restricted वेब साईट बाट टेक्स्ट कपि गर्ने सजिलो तरिका :के तपाईंले कहिले कुनै यस्तो वेब साईट भेट्टाउनु भएको छ जुन वेब साईटमा तपाईंले कुनै टेक्स्ट
कपि गर्न खोज्नु भयो भने त्यो अनुमती दिईदैन अथवा भनौ कुनै टेक्स्ट सेलेक्ट गर्न खोज्नु भयो भने सेलेक्ट नै हुँदैन । यस्तो वेब साईटमा टेक्स्ट कपि लाई disible गर्न त्यस्तै किसिमको javascript को प्रयोग गरिएको हुन्छ । यस्तो गर्नुको कारण आफ्नो साईटको कुनै पनि आर्टिकल गलत तरिकाले चोरी नहोस् भन्नको लागि हो । तर यस्तो गरेर आफ्नो वेब साईट पूर्ण रुपमा सुरक्षित भयो भनेर ढुक्क भएर बस्ने बेला भने अहिले छैन किनकी यसरी Javascript को प्रयोग गरेर टेक्स्ट सेलेक्ट र कपि गर्न नदिने भनेको त कम्प्युटर सम्बन्धी केही जानकारी नभएको हरुको लागि मात्र हो , जानेको मान्छेले त जसरी पनि कपि गरी नै हाल्छन ।यहाँ यस्तै एउटा सजिलो trick दिन खोजिएको छ जसमा यस्तै एउटा javascript को प्रयोग गरेर टेक्स्ट सेलेक्ट नभएको लाई सेलेक्ट गर्न र कपि गर्न पनि सकिनेछ । यसको लागि तल दिईएको step अनुसार गर्नुहोस् ।१) सबभन्दा पहिला त्यो वेब साईट खोल्नुहोस् जुन साईटमा यस्तै गरी टेक्स्ट सेलेक्टलाई disible गरिएको छ ।२) अब तल दिईएको code लाई कपि गर्नुहोस् र उक्त वेब साईट को address बारमा पेस्ट गर्नुहोस् र Enter कि थिच्नुहोस् ।
Code : javascript:void(document.onselectstart=null)
३) अब तपाईंले कपि गर्न चाहनु भएको टेक्स्टहरुलाई highlight गर्नुहोस् र Ctrl+C को प्रयोग गरेर कपि गर्नुहोस् र आफ्नो notepad अथवा wordpad मा लगेर
पेस्ट गर्नुहोस्
- अब हेर्नुहोस् है त १ मुबी फेरि तपाई पनि यस्तै नगर्नु होल
Wednesday, July 22, 2009
fake and anonymous
- fake अथवा anonymous मेल
तपाईंले कसैलाई fake अथवा anonymous मेल पठाउने बारे सोच्नु भएको छ ? के यो सम्भब छ ? अबस्य पनि सम्भब छ , यस्ता धेरै websites हरु ईन्टरनेटमा पाईन्छन जसबाट तपाईंले यस्ता fake र anonymous मेलहरु आफ्नो identity लुकाएर पठाउन सक्नु हुन्छ । यस्ता साईटहरु बाट कुनै पनि mail address बाट कुनै पनि mail address मा मेल पठाउन सकिन्छ । भन्नुको मतलब तपाईंले कुनै अरुको ईमेल address बाट आफुले चाहेको ईमेल address मा मेल पठाउन सक्नुहुन्छ । यसरी तपाईंले आफ्ना साथी भाईहरु सँग रमाइलो पनि गर्न सक्नु हुन्छ ।यो सर्भिस तल उल्लेखित फाईदा लिन सकिन्छ ।@ लोग्ने वा स्वास्नी ले cheating गरेको समात्न सकिन्छ ।@ तपाईंको आफ्नो साथी साच्चिकै साथी हो कि होइन पत्ता लगाउन सकिन्छ ।@ कसैलाई warning दिन सकिन्छ ।@ पुलिसलाई illegal कृयाकलापहरुको बारे inform गर्न सकिन्छ ।@ tax छल्ने ठगहरु बारे tax office लाई inform गर्न सकिन्छ ।@ कसैलाई आफ्नो love बारे confess गर्न सकिन्छ ।@ आफ्नो साथीभाईहरु सँग ईमेल जोक गर्न सकिन्छ ।@ जती खेर तपाईंको आफ्नो ईमेल सर्भिसले काम गरेको छैन ।@ यदि तपाईंको private ईमेल address recipient ले banned गरेको छ भने ।@ आफ्नो हाकिमलाई कसैले fraud गरेको छ भने रिपोर्ट गर्न सकिन्छ ।@ यस्तै यस्तै अरु धेरै फाईदा ................यस्तो सर्भिस provide गर्ने केही वेबसाईटहरु :1 sendanonymousemail.net2 anonymailer.net3 deadfake.com4 anonymousemailer.com5 http://www.anonymousspeech.com/6 webwizny.com 7 fakesend.com
कुनै बेला सरकारले वा स्कुल कलेजहरुले कुनै साईटहरुलाई block (नखुल्ने) बनाएका हुन्छन । यदि कुनै साईटलाई त्यहाको सर्भरबाट block गरियो भने हामीले block गरिएको साईट हेर्न सक्दैनौ । यस्तो बेलामा तपाईंहरुले proxy साईटहरुको सहारा लिएर ति साईटहरु भित्र छिर्न सक्नु हुन्छ । ईन्टरनेटमा यस्ता proxy साईटहरु थुप्रै पाईन्छन ।जस्तै :http://ninjacloak.com/http://hostph.com/http://www.Ultrareach.com/नत्र यो सानो trick पनि प्रयोग गरेर हेर्न सक्नु हुन्छ :कुनै कुनै बेला network Admin हरुले https:// लाई block गरेका हुँदैनन त्यसैले यदि (http://www.orkut.com/) block गरिएको छ भने तपाईंले यसरी यो साईट भित्र जान सक्नु हुन्छ (https://www.orkut.com/) यो tirck ले कुनै कुनै ठाउमा काम गर्छ ।तपाईंहरु पनि एक चोटि ट्राइ गरेर हेर्नुहोस् न त ...
Microsoft को Hidden song
के तपाईंले Microsoft को Hidden song सुन्नु भएको छ ? जुन तपाईंले Windows instal गरी रहनु भएको बेलामा सुन्न सक्नु हुन्छ र यो windows instal गर्दा लगभग अन्तिम तिर सुनिन्छ । तर धेरै जसोले यो music सुन्नु भएको छैन होला किन भने त्यती खेर हाम्रो कम्प्युटरमा Sound card को driver instal भई सकेको हुँदैन । के तपाईं पनि यो लुकेको गीत (Music) सुन्न चाहनु हुन्छ ?त्यसको लागिStart अनी Run मा क्लिक गर्नुहोस् र यो code त्यसमा पेस्ट गर्नुहोस् C:/windows/system32/oobe/images/title.wmaअब enter हान्नुहोस् , तपाईंको media player ले यो song play गर्नेछ ।सुन्नुहोस् र Enjoy गर्नुहोस् ।
CleanUp प्रोग्राम चलाऊने तरिका
तपाईंको कम्प्युटर ढिलो चलेको छ ? यदि तपाईंलाई त्यस्तो लागेको छ भने तपाईंको कम्प्युटरको HardDrive मा नचाहिने अथवा भनौ Useless फाइलहरुको थुप्रो लागेको हुन सक्छ र यसै कारणले पनि तपाईंको कम्प्युटर slow चलेको हुन सक्छ । तपाईंले कसरी यस्ता नचाहिने फाइलहरु पत्ता लगाउने र Delete गर्ने त ? कुनै यस्तै software को प्रयोग बिना यो एक किसिमले असम्भब नै छ । त्यसैले यहाँ यस्तै एउटा CleanUp भन्ने प्रोगाम बारे चर्चा गर्न लागेको छु । यो एउटा freeware प्रोग्राम हो र तपाईंले यो सफ्टवेर फ्री मा आफ्नो कम्प्युटरमा download गर्न सक्नु हुन्छ । यो एकदम powerful टूल्स भएको सफ्टवेर हो र तपाईंले यो सफ्टवेर चलाएर आफ्नो कम्प्युटरको त्यस्ता नचाहिने Useless फाइलहरु जस्तै : तपाईंको कम्प्युटरको browser's history, bookmarks, favorites, cookies लगायत तपाईंको privacy related locations मा भएको फाइलहरु सबै delete गरिदिन्छ । त्यसैले यो सफ्टवेरको प्रयोग गरेर तपाईंले आफ्नो कम्प्युटरको privacy पनि जोगाउन सक्नु हुन्छ ।यो सफ्टवेर डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला ( Download CleanUp! )www.windows cleanup
यो software आफ्नो कम्प्युटरमा download गरिसके पछि यो प्रोग्राम चलाऊनुहोस् ।अब सबभन्दा पहिला यसको Configure मिलाउँ ।चित्रमा देखिएको जस्तो रातो घेरा भित्र भएको option मा क्लिक गर्नुहोस् ।बाँया तिर भएको Bar लाई "Standard CleanUp!" सम्म लानुहोस् ।तपाईंको कम्प्युटरमा धेरै किसिममा cookies हरु स्टोर भई बसेका हुन्छ जसले तपाईंको password, Logins हरुका password हरु save गरेका हुन्छन । यदि तपाईं यो हटोस भन्ने चाहनु हुन्न भने "Delete Cookies" भन्ने option मा uncheck गर्नुहोस् । र okगर्नुहोस् ।अब तपाईंको कम्प्युटरमा यो प्रोग्राम चलाऊन ready भयो । यो प्रोग्राम चलाऊनु भन्दा अगाडि यदि तपाईंले कुनै brower खोली राख्नु भएको छ भने त्यसलाई बन्द गरी दिनुहोस् र Clean Up बटन मा क्लिक गर्नुहोस् ।प्रोग्रामले अब तपाईंको कम्प्युटरमा भएका Useless फाइलहरु Delete गर्न थाल्नेछ ।सकिए पछि close बटनमा क्लिक गर्नुहोस् ।त्यतिबेला एउटा popup message "CleanUp! is finished but it needs to logoff" display हुनेछ । Yes गर्नु भयो भने कम्प्युटर restart हुनेछ यदि पछि मात्र गर्न चाहनु हुन्छ भने No मा क्लिक गर्नुहोस् ।
विन्डोज XP सि.डि को product key कोड पत्ता लगाउने तरिका
तपाईं सँग विन्डोज XP सि.डि छ र आफ्नो कम्प्युटरमा इन्स्टल गर्न चाहनु भएको छ तर तपाईंलाई सि.डि को product key थाहा छैन भने एउटा सजिलो तरिका छ product key पत्ता लगाउने र यो product key ले १००% काम गर्छ । @ सबभन्दा पहिला XP को सि.डि लाई सि.डि रोममा हाल्नुहोस् र रोम लाई right क्लिक गरेर open मा क्लिक गर्नुहोस् । @ अब I386 भन्ने फोल्डरमा डबल क्लिक गर्नुहोस् । @ त्यस भित्र UNATTEND.TXT नामको फाइल खोज्नुहोस् र डबल क्लिक गरेर खोल्नुहोस् । @ त्यहा लेखिएका टेक्स्टहरु मध्य सबभन्दा Last मा हेर्नुहोस् । @ तपाईंले खोज्नु भएको Product key त्यहा लेखिएको पाउनु हुनेछ । र XP instel गर्दा product key माग्यो भने यही key रखिदिनुहोस् अबस्य काम गर्छ ।
0 COMMENT (आफ्नो कमेन्ट दिन यहाँ क्लिक गर्नु होला)
Labels: internetsansar
Windows XP मा Administrators को password Recover गर्ने तरिका :
यदि तपाईंले आफ्नो कम्प्युटरमा Administrator Password ले protect गर्नु भएको थियो तर उक्त password बिर्सिनु भयो अब कसरी तपाईं आफ्नो कम्प्युटर खोल्नु हुन्छ त ? सजिलो तरिका छ ।१ पहिला आफ्नो कम्प्युटरलाई safe mode मा reboot गर्नुहोस् त्यसको लागि कम्प्युटर re-start गर्नुहोस् र F8 कि प्रेस गर्नुहोस् ।२ अब (safe mode मा) Start > Run मा क्लिक गर्नुहोस् र त्यहा Control userpasswords2 टाईप गर्नुहोस् ।३ अब User Accounts भन्ने पेज खुल्नेछ र त्यहा तपाईंको कम्प्युटरमा भएको सबै Accounts हरु Administrator को समेट password reset गर्न सक्नुहुछ ।४ Administrators User Account मा क्लिक (हाईलाइट)गर्नुहोस् र Reset Password Tab मा क्लिक गर्नुहोस् ।५ त्यहा New Password राख्नुहोस् र तल Confirm New Password box मा पनि password राखेर Confirm गर्नुहोस् अनी ओ के गर्नुहोस् ।६ तपाईंको काम सकियो , तपाईंले अब आफ्नो Administrator account को password सफलता पूर्वक recover (Change)गर्नुभयो ।
computer
साबधान :(आफ्नो कम्प्युटर फरम्याट गर्नु भन्दा पहिला आफ्नो महत्वपूर्ण फाइलहरु, डाटाहरु, प्रोग्रामहरु आदी को साथ साथै सम्बन्धित Driver हरु सबैको ब्याकअप राखुहोस् किनभने तपाईंले आफ्नो कम्प्युटर फरम्याट गर्दा यि सबै मेटिन्छन । धेरै जसो कम्प्युटरमा अपरेटिङ सिस्टम Drive C मा instal गरिएको हुन्छ । कम्प्युटरमा HardDrive को कती वटा partition गरिएको छ ? जस्तै Drive C, Drive D, Drive E आदि । Drive C मा अपरेटिङ सिस्टम instal गरिएको छ भने Drive C मा भएका (Save गरिएका) आफ्ना सबै महत्वपूर्ण फाइलहरुलाई अर्कै Drive D अथवा Drive E मा लगेर save गरिदिनुहोस् । )अब कम्प्युटर फरम्याट गर्ने तरिका तिर अगाडि बढौ १) सबभन्दा पहिला तपाईं सँग operating system सि.डि वा डि.भि.डि हुनु जरुरी हुन्छ र उक्त Disc तपाईंले आफ्नो कम्प्युटरको सि.डि वा डि.भि.डि drive भित्र हाल्नुहोस् ।
२) अब आफ्नो कम्प्युटरलाई restart गर्नुहोस् ।
३) जब तपाईंको कम्प्युटर restart हुँदै छ तपाईंले screen मा "Press any key to boot from CD" भन्ने मेसेज आएपछि keyboard को कुनै कि प्रेस गरिदिनुहोस् ।
@ यदि तपाईंको screen मा यो मेसेज आएको छैन भने तपाईंले boot sequence reset गर्नु पर्ने हुन्छ र त्यसको लागि कम्प्युटरको BIOS settings भित्र जानु पर्ने हुन्छ । BIOS settings भित्र जान कम्प्युटर restart गर्नुहोस् , जब restart हुँदै छ तब कि बोर्ड मा Delete कि थिची राख्नुहोस् । केही सेकेन्ड पछि कम्प्युटरको स्क्रीनमा BIOS mode देखा पर्नेछ । त्यहा boot sequence options मा CDROM drive to be 1st option छान्नुहोस् र save चेन्ज गरेर exit गर्नुहोस् ।
४) अब फेरी स्टेप ३ दोहर्याउनुहोस् , सि.डि लोड हुनेछ र निलो स्क्रीन देखा पर्नेछ र सि.डि को फाइलहरु कपि हुन थालनेछ । एक छिन कुर्नुहोस् । केही मिनट पछि setup ? मेसेज आएपछि Enter गरिदिनुहोस् ।
५) अब windows install कुन Drive मा गर्ने अथवा कुन drive लाई Format गर्ने भन्ने option देखा पर्नेछ , तपाईंको कम्प्युटरको कुन Drive मा operating system install गरिएको छ त्यो drive छान्न्हुहोस् (Normally Drive C मा opereting system install गरिएको हुन्छ ) । छानिसके पछी Enter गर्नुहोस् ।
६) अब अर्को स्टेपमा कुन फाइल सिस्टम मा Drive Format गर्ने हो छान्नु पर्ने हुन्छ । NTFS option छिटो हुन्छ र formatting option "Quick" छान्नुहोस् र Enter थिच्नुहोस् ।
७) अब कम्प्युटर फरम्याट प्रोसेसमा गयो । कती बेरमा सकिन्छ त्यो भने कम्प्युटरको hard Drive को साइज र speed मा भर पर्छ ।
८) बिचमा टाईम place छान्नुपर्ने option आउन सक्छ । ओके ओके गरिदिनुहोस् ।
९) फरम्याट सकिसकेपछि opetating system files कपि हुन थालछ र install भईसकेपछि कम्प्युटर आँफै restart हुन्छ ।
१०) अब कम्प्युटरमा सम्बन्धित driver हरु एक एक गरी install गर्नुपर्ने हुन्छ , जस्तै Sound card, LAN card आदी आदी ।
धेरै साथीहरुको अनुरोधमा यहाँ मैले आफ्नै ब्लग साईट blogspot मा बनाउने तरिका चित्र सहित राखेको छु । यस बाहेक अरु पनि बिस्तारै राख्दै जाने छु , ब्लग बनाउदा तपाईंहरुलाई आई पर्ने समस्याहरु अथवा केही कुरामा कन्फ्युजन छ भने मलाई कमेन्टमा अबस्य लेख्नुहोला । म सके सम्म सबै समस्याको समाधान गर्ने प्रयास गर्ने छु ।( यहाँ क्लिक गरेर साधारण तरिका हेर्न सक्नु हुनेछ )
http://kyamazza.blogspot.com/search/label/makeyourblog
फ्री मा blogspot मा ब्लग बनाउने तरिका :
१) सर्बप्रथम नेट ब्राउजरमा www.blogger.com टाईप र Enter गर्नुहोस् ।२) Create a blog मा क्लिक गर्नुहोस् ।३) आफ्नो ईमेल address हाल्नुहोस् , password राख्नुहोस् , Display name र word verification code टाईप गरेर last मा acceptance of terms को चेक बक्समा tick लगाएर Continue मा क्लिक गर्नुहोस् ।४)ब्लगको title लेख्नुहोस् र ब्लगको address URL टाईप गर्नुहोस् अनी Continue मा क्लिक गर्नुहोस् ।५)अब तपाईंले ब्लग साईटको templete छान्नु पर्ने हुन्छ त्यसको लागि कुनै एउटा templete छानेर फेरी Continue मा क्लिक गर्नुहोस् ।६) तपाईंको ब्लग लगभग तयार भयो । अन्तिममा Start Blogging मा क्लिक गर्नुहोस् ।७) अब तल चित्रमा देखिए जस्तो window देखिनेछ , यो artical लेखेर post गर्ने window हो । Title मा आफ्नो artical को title लेख्नुहोस् र तल खाली ठाउमा artical लेख्नुहोस् र लेखी सके पछि Publish post मा क्लिक गर्नुहोस् । तपाईंको artical पोस्ट हुन्छ ।"साधारण तरिका यही हो यस् बाहेक अरु कुराहरु बिस्तारै राख्दै जानेछु , ब्लग बनाउदा आई परेको तपाईंहरुको समस्याको बारेमा कमेन्टमा लेख्नु होला । सबै समस्याहरुको समाधान गर्ने कोशीश गर्नेछु ।