SAMEER@something

Friday, September 25, 2009

NEPALI TYPE

****************************************
..........................................घनश्याम बस्नेत (समीर) मेघनाथ काफ्ले (कुमार)...........................................


*WRITE THE NEPALI WORD*

1) Pls click the this site then type the word.







Thank you.

Cretet by "Meghanath Kafle"

"Thanks for your watching "

Saturday, September 19, 2009

{बिजया - दशमी २०६६}


{बिजया - दशमी २०६६}
हिन्दुहरुको महान चाड बडा दशैँ धुमधामसंग सबैको घर घरमा भित्रीएको छ। सबै तिर उत्साह उमंग तथा रमाइलो बातावरण फैलिएको छ। बजार हेर्ने हो भने ठूल्ठूला शपिङ् मल,डिपार्टमेन्ट स्टोर देखि लिएर फुटपाथको पसलमा समेत मानिसको भिड बढ्दो छ। नयाँ लुगा लाउने, तथा आफन्तकहाँ गएर रमाइलो गर्ने चाहना सबैको अनुहारमा स्वत देख्न सकिन्छ। कतै चंगा उडाउनेको रमाइलो त कतै जुवाको खेलको रमाइलो कतै घर सजाउने होड त कतै पिङमा मच्चिने जोड समग्रमा हेर्दा यसपालिको दशै पनि धुमधाम संग मनाइने तयारी भई रहेको देखिन्छ ।बडा दशैं-०६६ को पावन अवसरमा http://www.sasmirsumi.blogspot.com/ & http://www.samirokhsu.blogspot.com/ को तर्फ बाट समस्त पाठक बर्गका साथसाथै सम्पूर्ण नेपालीहरुको घर आँगनीमा श्री माता दुर्गा भवानीको बास होस्, अन्न बालीको ढुकुटीले घर भरी भराउ होस्, सुन चाँदीको रास होस्, ईष्टमित्रहरु सबैको तपाईंसंग सुझाब सल्लाह सहयोग र सद्भाबको आस होस्, शत्रु जती नाश होस्; भनी सबैलाई "शुभ विजया दशमी" भन्दै हार्दिक हार्दिक मंगलमय शुभकामना ।
“हिन्दुहरुको महान चाड बिजया दशमी २०६६ को पाबन अबसरमा तपाई लगायत तपाईको सम्पुर्ण परिवार प्रति सु- स्वास्थ्य दिर्गायु तथा उतरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु”
http://www.samirsumi.blogspot.com/ & http://www.samirokhsu.blogspot.com/ family

Monday, September 14, 2009

Duplicate File Finder

Duplicate File Finder ( Confusion हटाउनुहोस् र Disc स्पेस बढाउनुहोस्

तपाईंलाई केही idea छ ? तपाईंको कम्प्युटरमा कती जती फाइलहरु Duplicate होला ? कती फाइलहरु तपाईंले नजानिकन अथवा बिर्सिएर २/३ ठाउमा save गर्नु भएको होला । परिणाम तपाईंको कम्प्युटरको धेरै space यस्तै unnecessary Duplicate फाइलहरुले खाइराखेको हुन्छ । कतीजती फाइल होला अनुमान लगाउनुहोस् त ? ...megabytes अथवा gigabytes सम्म पनि हुन सक्छन । अब तपाईंले कसरी पत्ता लगाउने कि कुन कुन फाइल कहाँ कहाँ Duplicate भएर बसेका छन भनेर ? हामीले एक एक फोल्डर केलाएर हेर्नु सम्भब नै छैन र यदि केलाउन नै बसियो भने पनि दिनभरी लाग्न सक्छ ।यस्तै समस्या समाधानको लागि Auslogics.
Duplicate File Finder साहायक सिद्द हुन सक्छ । यो पावरफुल र फ्री utility तपाईंको यो समस्या १००% समाधान त गर्छ नै , यस्को मद्घतले तपाईं आफ्नो कम्प्युटरको फ्री space ५०% सम्म increase गर्न सफल हुनु हुनेछ ।

software चलाऊन सजिलो छ ट्राइ गरेर हेर्नुहोला केही समस्या आएमा लेख्नु होला ।
Thank You

Friday, September 4, 2009

ईन्टरनेट स्पीडको लागि XP र Vista मा DNS Cache Clear गर्ने तरिका

ईन्टरनेट स्पीडको लागि XP र Vista मा DNS Cache Clear गर्ने तरिका
विन्डोज XP र Vista मा तपाईंले visit गर्नु भएको वेब साईटहरुको DNS इन्फर्मेसन Cache को रुपमा स्टोर भई राखेको हुन्छ ताकि फेरी तपाईंले पछी त्यही साईट visit गर्नु भयो भने छिटो खुलोस भनेर , तर कहिले काही कुनै Cache corrupted पनि हुन सक्छ वा धेरै unusable Data हरु पनि स्टोर भई राखेको हुन्छ जसले गर्दा तपाईंको कम्प्युटरको ईन्टरनेट connection Slow हुन जान्छ अथवा भनौ ईन्टरनेट responce time slow हुन्छ । त्यसैले तपाईंले बेला बेलामा Cache लाई clear गरी राख्नु भयो भने ईन्टरनेट responce Fast पाउन सक्नु हुन्छ ।Cache लाई clear गर्न :
१) start > Run मा क्लिक गर्नुहोस् ।
२) त्यहा cmd टाईप गरेर command prompt खोल्नुहोस् ।
३) त्यहा यो टाईप गर्नुहोस् (ipconfig/flushdns)४) Enter हान्नुहोस् ,
DNS Cache clear हुनेछ र तपाईंको ईन्टरनेट connection स्पीड restore हुनेछ ।

DNS Cache Clear हुन प्रब्लेम भएमा :
यदि तपाईंले माथि दिईएको तरिका अनुसार DNS Clear गर्ने बेलामा "function failed during execution" भन्ने message आयो भने तपाईंको कम्प्युटरको DNS client service Running नभएको कारण हुन सक्छ , DNS Cache Running नभएको अवस्थामा Corrupted cache स्टोर हुने कुरै आएन र यसैको कारणले हुने ईन्टरनेट connection slow पनि हुँदैन नै तर तपाईंले खोल्नु भएको वेब पेजको domain name इन्फर्मेसन chaching नभएको कारणले ईन्टरनेट access speed नहुन सक्छ , त्यसैले आफ्नो कम्प्युटरको DNS client service Enable गराउनु जरुरी छ । त्यसको लागि :
१) Start > Run मा क्लिक गन्र्लुहोस् ।
२) त्यहा services.msc टाईप गर्नुहोस् ।
३) DNS Client मा Double-click गर्नुहोस् ।
४) Start Up Type मा Automatic set गर्नुहोस् ।
५) Start बटनमा क्लिक गर्नुहोस् ।
६) ok गर्नुहोस् र service list बन्द गर्नुहोस् ।

तपाईंको system मा DNS Client Service running भयो अब बेला बेलामा माथि भनिए अनुसार DNS Cache Clear गरी नेट responce टाईम को स्पीड बढाउनुहोस् ।

* कम्प्युटर सम्बन्धी सामान्य ज्ञान छैन भने आफ्नो कम्प्युटरको कुनै पनि seetings हरु नचलाऊनु नै बेस हुन्छ ।